ट्रम्पकी दोश्रो पत्नी र छाेरी पनि आन्दोलनकाे समर्थनमा

बिएल संवाददाता

वासिङटन, डिसि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्प अमेरिकामा जारी आन्दोलनको समर्थनमा उभिएकी छिन्। 

इन्स्टाग्राममा एक कालो तस्बिर पोष्ट गर्दै टिफनीले जारी आन्दोलनको समर्थन गरेकी हुन्। उनले ‘एक्लै हामी थौरै हासिल गर्न सक्छौं, सँगै हामी धेरै गर्न सक्छौं’ भन्ने हेलेन केलरको उक्तिलाई समेत उल्लेख गरेकी छिन्। उनले इन्स्टाग्राममा  #BlackoutTuesday #justiceforgeorgefloyd लेखेकी छिन्।

त्यस्तै ट्रम्पकी दोश्रो पत्नी अर्थात टिफ्नीकी आमाले पनि आन्दोलनलाई समर्थन गरेकी छिन्। 

पछिल्लो हप्ता एक प्रहरीले हिरासतमा रहेका जर्ज फ्लोइडको घाँटी थिचेर श्वेत प्रहरी अधिकारीले हत्या गरेको घटनालाई लिएर ठूलो आन्दोलन उठेको हो। पीडित कालो जातिका भएको र हत्यामा संलग्न तीन जना प्रहरी गोरो जातिका भएकाले पनि घटनालाई रंगभेदको मुद्दा बनाइएको छ।

हातपातपछि मृत्यु भएको विरोध अमेरिकाकाे सिएटल, न्युयोर्क, वासिंटन, म्यानहट्टन लगायत सहरमा ठूला आन्दोलन भएका छन्। 

यस क्रममा प्रहरीका भ्यानमा आगजनी समेत भएका छन्। विरोध प्रदर्शन चर्किदै गएपछि देशका ४० शहरमा कर्फ्यू आदेश समेत जारी गरिएको छ। प्रदर्शन चर्किएका सहरमा प्रायः रातको समयमा कर्फ्यू लगाइएको छ।

यद्यपि सरकारले तीन प्रहरीलाई बर्खास्त गर्दै नियन्त्रणमा लिइसकेको छ। ४६ वर्षीय जर्ज चिच्याइरहँदा पनि उनको घाँटी थिचिरहेको भिडिओ भाइरल बनेको छ। उनले जीवनको अन्त्यमा ‘मलाई स्वास फेर्न गाह्रो भयो’ भनेको आग्रहलाई अहिले प्रदर्शनकारीले नारा बनाएका छन्।

प्रकाशित मिति: : 2020-06-05 07:05:50

प्रतिकृया दिनुहोस्