नक्कली बिरामी बनेर एम्बुलेन्समा ब्राउनसुगर ओसारपसार, तीन जना पक्राउ

ब्राउनसुगर ओसारपसार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनीहरूले  बिहीबार तुलसीपुर उद्योग वाणिज्य संघको एम्बुलेन्समा लागुऔषध ल्याएका हुन्।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका–६ श्रीगाउँका तिलक विक, घोराही उपमहानगरपालिका १३, बडहराका २३ वर्षीय शंकर पुन र तुलसीपुर उपमहागनरपालिका–५ की १७ वर्षीया दीपा थापा छन्।
 
कोहलपुरबाट तुलसीपुरतर्फ जाँदै गरेको रा१च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडक खण्डको दमारगाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरू नक्कली बिरामी बनेर कोहलपुर पुगी ब्राउनसुगर खरिद गरी फर्कने क्रममा पक्राउ गरिएको इलाका प्रहरी तुलसीपुरले जनाएको छ। 

प्रकाशित मिति: : 2020-06-05 13:34:58

प्रतिकृया दिनुहोस्