क्लव फिप्टीद्वारा लतितपुरको विभिन्न क्षेत्रमा राहत वितरण

क्लव फिप्टीले ललितपुरको विभिन्न क्षेत्रमा राहत वितरण गरेको छ। स्थानीय निकायको सहकार्यमा क्लवले शुक्रबार असायहरूलाई राहत वितरण गरेको हो। 

क्लवले ललितपुरको महालक्ष्मी नगरपालीकामार्फत् खाद्ययन्न राहत वितरण गरेको क्लवका अध्यक्ष दमन बस्नेतले जानकारी दिए। 

उनका अनुसार क्लवले चपली भैरव टेकुमा सय जना गरिव असायलाई आवश्यक खाद्ययान्नसहित खाना वितरण गरिएको छ। त्यसैगरी क्लवले नविकरण प्रतिष्ठान केन्द्र भैसेपाटी, अपांग सेवा संघ, भैसपाटी तथा खोकनामा आवश्यक राहत वितरण गरेको छ। 

क्लवका संस्थापक अध्यक्ष केपी मास्केको आर्थिक सहयोग क्लवले गरिव तथा असायलाई राहत वितरण गरेको अध्यक्ष बस्नेतले बताए। 

राहत वितरण कार्यक्रममा क्लकका अध्यक्ष लगायत सस्थाका सदस्यहरु अशाेककुमार थापा, नरेशध्वज श्रेष्ठ, मिना कुमारी बस्नेत, राजेश खड्की र शिव शाहीको उपस्थिती थियो। 

क्लवले यसअघि पनि बिपत्तमा परेका नागरिक तथा समाजलाई राहत तथा सहयोग प्रधान गर्दै आएको छ। यसअघि पाटन अस्पताललाई एक लाख बराबरको पीपीई प्रदान गरेको थियो। त्यसैगरी क्लवले सिन्धुलीमा पनि स्वास्थ्य सामाग्री वितरण गरेको थियो। 

प्रकाशित मिति: : 2020-06-05 19:15:33

प्रतिकृया दिनुहोस्