अल–कायदाका उत्तर अफ्रिकी नेता ड्रोउकदेल मारिएको फ्रान्सको दाबी

बिद्रोही संगठन अल–कायदाका उत्तर अफ्रिकी नेता अब्देलमालेक ड्रोउकदेल मारिएको फ्रान्सली रक्षा मन्त्रालयले दाबी गरेको छ। 

मालीको उत्तरमा बुधबार भएको कारवाही अभियानको क्रममा उनी मारिएको फ्रान्सले दाबी गरेको हो। 

मन्त्रालयले अब्देलमालेकसँग उनको निकट सर्कलका नेताहरु पनि मारिएको जनाएको छ।

यस्तै मन्त्रालयको गएको मे मा भएको सुरक्षा कारवाहीको क्रममा फ्रान्सेली सेनाले इस्लामिक स्टेटका एक शीर्ष नेतालाई पनि पक्राउ गरेको दाबी गरेको छ।

पक्राउ पर्ने आइएसका नेता मोहम्मद मराबत रहेको उल्लेख गरिएको छ। मालीमा फ्रान्सेली सेनाले बिद्रोहीविरुद्ध त्यहाँको सेनासँग मिलेर कारवाही अभियान चलाइरहेको छ।

प्रकाशित मिति: : 2020-06-06 07:44:53

प्रतिकृया दिनुहोस्