रुपन्देही र कपिलवस्तुमा थपिए १४ कोरोना संक्रमित

रुपन्देही र कपिलवस्तुमा थप १४ जना कोरोना संक्रमण पुष्टि भएकाे छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका ५ जना र कपिलवस्तुका ९ जनामा कोरोना पोजिटिभ देखिएको हो।

रुपन्देहीका ५ जना मध्ये ओमसतिया गाउँपालिकाका एक जना, ओमसतिया गाउँपालिकाका एक जना, शुद्धोधन गाउँपालिकाका २ जना र लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका एकजना विरामीमा कोरोना पुष्टि भएको हो।

ओमसतिया गाउँपालिका ३ का १९ बषिर्य पुरूष, रोहिणी गाउँपालिका २ का १९ वर्षीय पुरूष, शुद्धोधन गाउँपालिका ७ का ३३ र ३८ वर्षीय २ जना पुरूषमा कोरोना पुष्टी भएको हो। योसँगै रूपन्देहिमा कोरोना संक्रमितको संख्या ११२ पुगेको छ।

यस्तै कपिलवस्तुको विजयनगर गाउँपालिकाका ५ जना र बुद्धभूमि नगरपालिकाका ४ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड १९ फोकल पर्सन कुमार थापाले बताए।

यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ४ सय ८४ पुगेको छ।

प्रकाशित मिति: : 2020-06-06 14:08:54

प्रतिकृया दिनुहोस्