बेलायतमा काेराेनाबाट ४० हजार ४६५ को मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

बेलायतमा शुक्रबारसम्ममा ४० हजार ४६५ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको यहाँको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

विगत २४ घण्टामा थप २०४ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको बेलायतले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्कमा कोभिड–१९ का अस्पताल, हेरचाह केन्द्र तथा समुदायमा कोरोना भाइरसको सङ्क्रमणका कारण सङ्क्रमित तथा मृत्यु भएका सबै व्यक्तिको रेकर्ड रहेको छ ।

प्रकाशित मिति: : 2020-06-06 22:06:50

प्रतिकृया दिनुहोस्