इन्डोनेसियामा ९ जना सवार सेनाको हेलिकप्टर दुर्घटना, ४ को मृत्यु

इन्डोनेसियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ।

इन्डोनेसियाली सञ्चारमाध्यम कोमपास टीभीका अनुसार जाभा प्रान्तमा  उक्त दुर्घटना भएको हो। 

हेलिकप्टरमा नौ जना सवार रहेको बताइएको छ।  दुर्घटनाका अन्य पाँच जना घाइते भएको जनाइकाे छ।

घाइतेहरुलाई केन्डल जिल्लास्थित अस्पतालमा भर्ना गरिएको छ।

 हेलिकप्टर दुर्घटना हुनुअघि नै २ जना भने निस्किन सफल भएका थिए। उनीहरू सामान्य घाइते छन्। हेलिकप्टर कम उचाईमा उडेको कारण दुर्घटना भएकाे बताइएकाे छ। 

हेलिकप्टरमा यान्त्रीक गडबडि भएकाे कारण उचाई लिन नसकेर दुर्घटना भएकाे प्रारम्भिक अनुसन्धानबाट अनुमान लगाइएकाे छ।

प्रकाशित मिति: : 2020-06-07 07:42:48

प्रतिकृया दिनुहोस्