रुसमा एकै दिन ८ हजार ८५५ मा देखियाे संक्रमण, १९७ जनाकाे मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसबाट रुसमा साढे ४ लाख ५८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसबाट रुसमा एकै दिन ८ हजार ८५५ जनामा संक्रमण देखिएको छ। योसँगै रुसमा संक्रमितको संख्या ४ लाख ५८ हजार ६८९ पुगेको छ।

पछिल्लो २४ घण्टामा १९७ जनाको मृत्यु भएको छ। रुसमा योसँगै ज्यान गुमाउनेको संख्या ५ हजार ७२५ पुगेको छ।

रुसमा २ लाख ३१ हजार ५७६ जनाको उपचार भइरहेको छ भने २ लाख २१ हजार ३८८ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार १७७ जनाको मृत्यु भएको छ। योसँग मृतकको संख्या ४ लाख १ हजार ६२३ पुगेको छ।

विश्वका संक्रमित हुने मानिसको संख्या ६९ लाख ६७ हजार नाघेको छ।पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ७१५ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या ६९ लाख ६७ हजार ३६ पुगेको छ।

३१ लाख ५८ हजार २७१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५८७ जनाको अवस्था गम्भीर छ। ३४ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन्।

प्रकाशित मिति: : 2020-06-07 07:54:51

प्रतिकृया दिनुहोस्