भारतीय भन्सारका क्लियरिङ एजेन्टहरूले जाँचपास रोके, सीमापारि नै रोकिए सयाैं मालवाहक गाडी

भारतीय भन्सारका क्लियरिङ एजेन्टहरूले जाँचपास नै रोकेपछि सीमापारि सुनौलीमा सयाैं मालवाहक गाडीको लाम लागेको छ। 

सुनौली ट्रान्सपोर्ट एन्ड क्लियरिङ एजेन्ट एसोसिएसनले आफूहरू भैरहवा भन्सारमा आएर काम गर्न पाउनुपर्ने माग गर्दै गत मङ्गलबार गाडीको जाँचपास रोक्ने संस्थागत निर्णय गरेको हाे।

कोरोना भाइरसको सङ्क्रमणका कारण सीमापारि आवतजावतमा रोक लगाइएपछि एसोसिएसनले यस्तो माग गर्दै गाडीको जाँचपास रोकेको हो। 

भैरहवा भन्सार कार्यालयले यो भारततर्फकै समस्या भएको र समाधानका लागि आफ्नोतर्फबाट पनि समन्वय भइरहेको जानकारी दिएको छ। 

यसअघि जाँचपास रोक्दा आयात प्रभावित भएपछि सरोकारवालाहरूको छलफल गरेका थिए। उक्त छलफलपछि आयात पुनः सुचारु गर्ने निर्णय गरेको थियो। तर पुनः दुई दिनपछि जाँचपास रोकिएको छ। 

प्रकाशित मिति: : 2020-06-07 10:07:37

प्रतिकृया दिनुहोस्