सम्झना अम्बर गुरुङ : ‘राष्ट्र गायक’ सम्मानको सपना अधुरै रह्यो

रातोपाटी

काठमाडौँ

अमर गुरुङ नेपाली संगीतिक फाँटका सुप्रसिद्ध संगीतकार थिए । अहिलेको राष्ट्रिय गान ‘सयौँ थुङ्गा फूलका हामी’ का पनि संगीतकार हुन् उनी । सयौँ नेपाली गीतमा संगीत भरेका गुरुङले ‘नौलाख तारा उदायो’, ‘सुगौली सन्धि भुलेको छैन’ जस्तो राष्ट्रभक्तिले ओतप्रोत गीतमा समेत बनाएका छन् । गुरुङको जन्म वि.सं. १९९४ (सन् १९३८) मा भारतको दार्जलिङको मिलिङ कमानमा भएको थियो । तर उनको पुख्र्यौली घर भने गोरखा जिल्लाको रिसिङ हो । ७८ वर्षको उमेरमा वि.सं. २०७३ (७ जुन २०१६) मा उनको निधन काठमाडौँमा भएको हो ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संगीत निर्देशकसमेत रहेका उनले गायन तथा संगीतको सुरुवात वि.सं. २०१६ मा कलकत्ताबाट गरेका थिए । त्यतिबेला उनले ‘म अम्बर हुँ’ र ‘सम्हालेर राख’ गीत बनाएका थिए । 

थुप्रै पुरस्कार र सम्मानबाट सम्मानित उनका केही पुस्तक समेत प्रकाशित छन् । जीवन रहँदै राष्ट्रबाट ‘राष्ट्र गायक’ सम्मान पाउने इच्छा राखेका गुरुङको सो इच्छा भने पुरा हुन सकेन ।

गम्भीर र कडा स्वभावका उनीसँग कमै मात्र व्यक्ति खुलेर बोल्न सक्दथे । ती मध्यका एक हुन् प्रकाश सायमी । सायमी गुरुङका प्रिय पात्र थिए । जीवनका धेरै कुरा साझा गर्ने, आवश्यक पुस्तक मगाउने पनि उनी सायमीसँग नै गर्दथे । छोराहरुलाई समेत आफ्नो बारेमा धेरै जानकारी लिनुपरे आफुसँग सोध्नु भनेर गुरुङले भन्ने गरेको सायमीले सुनाए । साहित्यकार, लेखक, फिल्म निर्माता तथा निर्देशक प्रकाश सायमीले गुरुङको सम्झना यसरी गरेः 

प्रकाशित मिति: : 2020-06-07 12:29:33

प्रतिकृया दिनुहोस्