नेपालमा कोरोना अपडेट : १३ मृत्यु, ३,४४८ संक्रमित, ४७६ फर्किए घर

नेपालमा आइतबार एकैदिन २१३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २१३ थपिएसँगै देशभर संक्रमितको कुल संख्या ३ हजार ४ सय ४८ पुगेको छ। संक्रमितमध्ये २३६ जना महिला र बाँकी पुरुष छन्।

आज प्रदेश ५ को रोल्पामा पहिलोपटक कोरोना संक्रमित देखिएका छन्। योसँगै मुलुकका ७७ जिल्लामध्ये ७१ जिल्लाका मानिसमा संक्रमण फैलिएको छ।

कहाँ कति संक्रमित ?

प्रदेश

कुल संक्रमित

निको हुने

मृत्यु

उपचाररत

प्रदेश - १

२५९

९१

१६८

प्रदेश - २

१६६१

१८६

९७४

बागमति

९२

३२

५७

गण्डकी

१११

१०८

प्रदेश-५

१०८१

१३३

९४४

कर्णाली

६३३

६२१

सुदूरपश्चिम

१११

१३

९६

जम्मा

३४४८

४६७

१३

२९६८

 

थप १०२ जना कोरोनामुक्त

नेपालमा आज एकैदिन १०२ जना कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०० जना पुरूष र दुई जना महिला कोरोनामुक्त भएका हुन्।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट झापाका १२ जना डिस्चार्ज भएका छन्। उनीहरू १० दिनमा कोरोनामुक्त भएका हुन्।

यस्तै, बाराको कलैया अस्पतालका ३४ जना ९ देखि ११ दिनमा डिस्चार्ज भएको मन्त्रालयले जनाइको छ।

काठमाडौंको सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट महोत्तरीका एकजना ९ दिनमा कोरोनामुक्त भएका छन्।

बुटवलको कोरोना विशेष अस्पतालबाट रूपन्देही र कपिलवस्तुका २७ जना कोरोनामुक्त भएका छन्। उनीहरू १३ देखि २७ दिनमा डिस्चार्ज भए।

यसैगरी, कोरोना विशेष अस्पताल बेल्झुण्डी दाङबाट बाँके, दाङ, बर्दिया र कपिलवस्तुका १० जना डिस्चार्ज भएका छन्। उनीहरू १५ देखि २३ दिनमा कोरोनामुक्त भएका हुन्।

रौतहटको गौर नर्सिङ सेन्टरबाट रौतहटका १८ अस्पताल बसाइँको २०औँ दिनमा कोरोनामुक्त भए।

यो सँगै देशभर कोरोनामुक्त हुनेको संख्या ४६७ पुगेको छ।

कुन प्रदेशमा कति कोरोना मुक्त

प्रदेश

कुल संक्रमित

निको हुने

मृत्यु

उपचाररत

प्रदेश - १

२५९

९१

१६८

प्रदेश - २

१६६१

१८६

९७४

बागमति

९२

३२

५७

गण्डकी

१११

१०८

प्रदेश-५

१०८१

१३३

९४४

कर्णाली

६३३

६२१

सुदूरपश्चिम

१११

१३

९६

जम्मा

३४४८

४६७

१३

२९६८

 

कुल १३ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरमा गरि अहिलेसम्म १३ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ।

मृतकहरू

१३.  जगदुल्ला गाँउपालिका ३, डोल्पाका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनी होम क्वारेन्टाइनमा रहेको अवस्थामा मृत्यु भएको थियो।

जेठ २० गते मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो। शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

 १२.

११. सुर्खेतको पञ्‍चपुरीका २८ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

१०. पाल्पाका ४५ वर्षिय पुरूषको बिहिबार कोरोनाबाट मृत्यु भएको छ। भारतबाट आएका उनी स्थानीय क्वारेन्टाइनमा रहेकै बेला स्वासप्रस्वासमा समस्या भएसँगै मिसन अस्पतालमा भर्ना भएका थिए। मंगलबार उनको मृत्यु भएको थियो। उनको श्वासको परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।

९. दोलखा भीमेश्वर नगरपालिका २, तिखातलका ७६ वर्षीय वृद्ध कोरोना संक्रमणका कारण मृत्यु भएको हो। हिँडडुल गर्न नसक्ने ती वृद्धलाई उच्च रक्तचाप देखिएपछि स्थानीय अस्पतालमा उपचारको लागि लगिएकोमा टाउकोमा रगत जमेको कारण जेठ ११ गते काठमाडौं रिफर गरिएको थियो। सुरुमा उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल) ल्याइएको थियो। त्यहाँ उनको न्यूरो सर्जरी समेत गरिएको थियो। उपचारकै क्रममा उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

८. दैलेखका ३५ वर्षीय युवक छन्। दैलेखको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा ३५ वर्षीय पुरुषको (शनिवार) मृत्यु भएको थियो। उनी १० दिन अघि मात्र भारतबाट फर्किएका थिए। क्वारेन्टाइनमा एक्कासी ढलेर मृत्यु भएका उनको जेठ १५ गते कोरोना परीक्षणको लागि स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा कोरोना पुष्टि भएको थियो।

७. बाजुराकी २ वर्षीया बालिकाको शनिबार राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो। उनी बाबु आमासहित भारतबाट नेपाल आएकी थिइन्। उनलाई स्वास्थ्यमा समस्या आई जेठ १५ गते उपचारका लागि बाजुरा अस्पताल भर्ना भएकी थिइन् । मृतक बालिका बाजुराको बुढीगंगा नगरपालिका–१ की हुन्।

६. अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षिय पुरूषको कोरोना संक्रणबाट मृत्यु भएको थियो। उनको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको थियो।  गत जेठ १० गते भारतबाट आएका ती पुरुषको नमुना संकलन गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

५. कोरोना भाइरस संक्रमणका कारण बुधबार ललितपुरको बुंगमतीका ५७ वर्षीय पुरूषको मृत्यु भएको थियो। मृत्यु भएका व्यक्ति कलेजोका बिरामी थिए। उनी जेठ ११ गते अस्पताल भर्ना भएका हुन्। उनको स्वाब यही जेठ १२ गते परीक्षणका लागि पठाइएको थियो। उक्त परीक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको हो।

४. वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका-७ एक वृद्धलाई कोरोनाभाइरस पोजेटिभ देखिएको थियो। ७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए। नारायणी अस्पतालमा ती वृद्धको स्वाब जाँच्दा कोरोना पोजेटिभ आएको थियो।

३. गुल्मीका ४१ वर्षिय पुरूषको निधन कोरोना संक्रमणबाट भएको थियो। जेठ ५ गते सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए।

२. बाँके नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। जेठ ४ गते मृत्यु भएका उनी वैशाख ३० गते भारतबाट नेपाल आएका थिए।

क्वारेन्टाइनमा बस्ने क्रममा स्वास प्रश्वासमा समस्या भएको थियो। उनको आइतबार विहान ६:४० बजे मृत्यु भएको थियो। मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो।

१.  सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु नेपालमा पहिलो कोरोना संक्रमित मृत्यु हो। सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

कुन प्रदेशमा कति मृत्यु

प्रदेश

कुल संक्रमित

निको हुने

मृत्यु

उपचाररत

प्रदेश - १

२५९

९१

१६८

प्रदेश - २

१६६१

१८६

९७४

बागमति

९२

३२

५७

गण्डकी

१११

१०८

प्रदेश-५

१०८१

१३३

९४४

कर्णाली

६३३

६२१

सुदूरपश्चिम

१११

१३

९६

जम्मा

३४४८

४६७

१३

२९६८

 

आइसोलेसनमा करीब तीन हजार

नेपालमा अहिले कोरोना भाइरसका सक्रिय संक्रमित झण्डै तीन हजार रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ९ सय ६८ को संख्यामा रहेका सक्रिय संक्रमित विभिन्न अस्पतालका आइसोलेसन वार्डमा उपचाररत छन्।

प्रदेश

कुल संक्रमित

निको हुने

मृत्यु

उपचाररत

प्रदेश - १

२५९

९१

१६८

प्रदेश - २

१६६१

१८६

९७४

बागमति

९२

३२

५७

गण्डकी

१११

१०८

प्रदेश-५

१०८१

१३३

९४४

कर्णाली

६३३

६२१

सुदूरपश्चिम

१११

१३

९६

जम्मा

३४४८

४६७

१३

२९६८

 

क्वारेन्टाइनमा १ लाख ७० हजार

मुलुकभरमा गरि एक लाख ७० हजार मानिस क्वारेन्टाइनमा बसेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ७० हजार ७ सय ३२ जना मानिस अहिले क्वारेन्टाइनमा बसिरहेका छन्।

प्रदेश

कुल संक्रमित

निको हुने

मृत्यु

उपचाररत

क्वारेन्टाइन

प्रदेश - १

२५९

९१

१६८

४३८८

प्रदेश - २

१६६१

१८६

९७४

२२२३२

बागमति

९२

३२

५७

३१९५

गण्डकी

१११

१०८

५३६३

प्रदेश-५

१०८१

१३३

९४४

३९८९७

कर्णाली

६३३

६२१

३२०८२

सुदूरपश्चिम

१११

१३

९६

६३५७५

जम्मा

३४४८

४६७

१३

२९६८

१७०७३२

 

२४१२५४ परीक्षण

नेपालमा अहिलेसम्म पीसीआर र आरटिडी प्रविधिमार्फत करिब साढे २ लाख परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइतबारसम्म ९६ हजार २०५ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ। यस्तै १ लाख ४५ हजार ४९ जनाको आरटिडी बिधिबाट परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ७२८ जनाको परीक्षण भएको छ।

मुलुकमा विभिन्न २१ वटा प्रयोगशालामा पिसीआर परीक्षण गरिन्छ।

प्रकाशित मिति: : 2020-06-07 23:59:57

प्रतिकृया दिनुहोस्