सप्तरीको एकै गाउँपालिकाका १६ जनालाई कोरोना संक्रमण

सप्तरीको एउटै गाउँपालिकाका थप १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

बिहुल गाउँपालिकामा नयाँ १६ संक्रमित थपिएको सप्तरी जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ।

गाउँपालिकाका वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेको जिल्ला स्वास्थ्य प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन्।

संक्रमित सबैलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ। संक्रमित देखिएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति हुन्।

याेसँगै सप्तरीमा मात्रै संक्रमितको संख्या ९३ पुगेको छ।

प्रकाशित मिति: : 2020-06-08 10:02:59

प्रतिकृया दिनुहोस्