विश्वभर कोरोना संक्रमितको संख्या झण्डै ७ लाख, भारत चौथो स्थानमा उक्लियाे

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरस (कोभिड १९) बाट विश्वमा संक्रमित हुनेको संख्या झण्डै सात लाख पुगेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोतका अनुसार विश्वभर कुल संक्रमितको संख्या ६९ लाख ८५ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। यस्तै कोभिड–१९ बाट ज्यान गुमाउने संख्या विश्वभर चार लाख भन्दा बढीको ज्यान गएको छ। 

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या १९ लाख ३८ हजार भन्दा बढी रहेको छ। त्यसमध्ये एक लाख १० हजार चार सय भन्दा बढीको ज्यान गएको छ।

रंगभेदविरुद्धको आन्दोलनका कारण सामाजिक दूरीसहितका सावधानीहरु भंग हुँदा अमेरिकासहितका देशमा संक्रमण बिस्तार हुने जोखिम बढेको छ।

संक्रमितको संख्यामा दक्षिण अमेरिकी देश ब्राजिल दोस्रो स्थानमा छ। त्यहाँ ६ लाख ७२ हजार भन्दा बढी संक्रमित भएका छन्। त्यसमध्ये ३५ हजार ९३० जनाको मृत्यु भएको छ।

अमेरिकापछि सबैभन्दा धेरैको मृत्यु बेलायतमा भएको छ। बेलायतमा कोभिड–१९ का कारण ४० हजार ६२५ जनाको ज्यान गएको छ। त्यहाँ कुल संक्रमितको संख्या दुई लाख ८७ हजार भन्दा बढी रहेको छ।

बेलायतमा भन्दा रुसमा धेरै संक्रमित छन्। त्यहाँ चार लाख ६७ हजार भन्दा बढीमा संक्रमण देखिएको छ। त्यसमध्ये पाँच हजार ८५१ जनाको मृत्यु भएको छ।

संक्रमितको संख्यामा भारत चौथो स्थानमा छ। भारतमा हालसम्म दुई लाख ५७ हजार भन्दा बढी पुगेको छ। त्यसमध्ये सात हजार २०७ जनाको ज्यान गएको छ।

अहिलेसम्म विश्वभर ३४ लाख ६० हजार मानिस निको कोरोना भाइरस मुक्त भएर घर फर्किएका छन्।

प्रकाशित मिति: : 2020-06-08 10:07:49

प्रतिकृया दिनुहोस्