अर्घाखाँचीका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

बिएल संवाददाता

अर्घाखाँची

अर्घाखाँचीमा सोमबार थप ३१ जनामा कोरोना संक्रमित थपिएका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षण ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। 

सन्धिखर्क नगरपालिकाकाका २९ जना, पाणिनि गाउँपालिकाका १ र शीतगंगा नगरपालिकाके १ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये दुई जना महिला छन् । संक्रमितहरु १८ देखि ५० उमेर समूहका रहेका छन् ।

जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलका अनुसार उनीहरु सबै भारतबाट आएर स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेका थिए। 

योसँगैअर्घाखाँचीमा कोरोना भाइरस संक्रमितको संख्या ३६ पुगेको छ । 


 

प्रकाशित मिति: : 2020-06-08 13:49:01

प्रतिकृया दिनुहोस्