कर्णालीमा थप १६ मा कोरोना संक्रमण

कर्णालीमा थप १६ मा कोरोना संक्रमणकर्णाली प्रदेशमा सोमबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कर्णाली प्रिदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा शाखाले सोमबार दिउँसो विज्ञप्ति प्रकाशित गरी थप १६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

प्रदेश अस्पताल, सुर्खेत / पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला,सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १०, सल्यानका ५ र सुर्खेतका १ जनामा कोरोना पोजेटिभ देखिएको हो।

विज्ञप्ति अनुसार १ जना महिला र १५ जना पुरूष छन्।  

प्रकाशित मिति: : 2020-06-08 15:30:00

प्रतिकृया दिनुहोस्