लकडाउनदेखि आजित नागरिक आफैँ निस्कन थाले, काठमाडौं भित्रिने पनि बढे (भिडियो)

७५ दिनदेखि घरमै थुनिएका नागरिकहरू लकडाउनको वेवास्ता गर्दै बाहिर निस्कन थालेका छन्।

काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघन बढेसँगै राजधानी भित्रीने पनि बढ्न थालेका छन्।

अन्य दिनमा सुनसान हुने काठमाडौं भित्रने सबैभन्दा ठूलो नाका थानकोटमा अहिले सवारी साधनको जाम हुन थालेको छ।

त्यसैगरी दैनिक उपभोग्य बस्तुको अलवा अन्य पसल पनि खुल्न थालेका छन्।

लकडाउन लम्बिँदै गरेको बेला नागरिकले उल्लंघन बढाएपछि सरकारले लकडाउनलाई खुकुलो बनाउने योजनामा जुटेको छ। त्यसका लागि सरकारले सीसीएमसीलाई मोडालिटी तयार गर्न जिम्मा दिइसकेको छ।

पछिल्लो सयममा सरकारी कार्यालय तथा उद्योग कलकारखाना खुल्न थालेपछि मानिसको भिडभाड केही बढेको प्रहरीले जनाएको छ।

‘सुरूका दिनमा अत्याश्यक कार्यालयबाहेक अन्य सेवा बन्द थियो, मानिसको चहलपहल कम थियो’, महानगरीय प्रहरी कार्यालयका आयुक्त डीआईजी विश्वराज पोखरेलले बिएल नेपाली सेवासँग भने, ‘सरकारी कार्यालय खुलेपछी केही भिड बढेको हो।’

कोरोना संक्रमण बढ्दै गएपछि राज्यले नागरिककै स्वास्थ्यको ख्याल गर्दै लकडाउन जारी राखेको भन्दै पोखरेलले पहिलाको भन्दा केही रूपमा लकडाउन उल्लंघन गर्ने बढेको देखिएको उनले स्वीकारे।

‘राज्यले केही नहेरी लकडाउन गरेको हैन, राज्यको कदमलाई नागरिकले मान्नुपर्छ, लकडाउन उल्लंघन गर्ने भन्दा कसरी सहज गर्न सकिन्छ भन्ने बरू सुझाव दिनुपर्छ राज्यले त्यस्तो सुझावका आधारमा आगामी दिनमा योजना बनाउनेछ र त्यहीँ अनुसार चल्नु पर्छ’, उनले भने।

अन्य दिनको भन्दा हिजोआज सडकमा सवारी चाप बढेको महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भिम ढकालले बताए। ‘लकडाउन खुकुलो हैन, यसलाई खुकुलो भनेर बुझ्न भएन। तर हिजोआज प्रायः कार्यालय खुलेको छन्, त्यसैले पास बोकेको सवारी चाप बढेको हो, पास बिनाका सवारी अहिले पनि राखेका छौं,’ उनले भने।

पहिले जिल्ला प्रशासन कार्यालयले मात्र पास दिने गरेको थियो, तर हिजोआज प्रशासनदेखि गृह मन्त्रालय अनि सम्वन्धीत कार्यालयबाट पनि पास जारी भएका कारण केही सवारी चाप बढेको एसएपी ढकालले बताए।

सरकारको निणर्य बिपरित काम गन कसैको लागि पनि हितकर नहुने उनको तर्क छ।

‘सरकारले मोडालिटी परिर्वतन गर्दै गरेका बेला उल्लंघन गर्नु हितबिपरित हो। यसमा सबैले ध्यान दिनुपर्छ’,उनले भने।

लकडाउनको स्वरूप परिर्वतनका बारेमा सरकारलाई रचनात्मक सुझाव दिन सक्ने भन्दै ढकालले सो सुझाव अनुसार सरकारले ल्याएको उपाय राम्रो हुने बताए।

प्रकाशित मिति: : 2020-06-08 18:19:00

प्रतिकृया दिनुहोस्