अमेरिकी वायु सेनामा पहिलो अश्वेत नागरिक

अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायु सेना प्रमुखको पदमा जनरल चाल्र्स ब्राउन जुनियरको नामलाई अनुमोदन गरेको छ । अमेरिकी सेनामा महत्वपूर्ण सेवा मानिएको वायु सेनामा नेतृत्व गर्न पाउने उनी पहिलो अश्वेत नागरिक भएका छन् । 

सिनेटमा भएको मतदानमा ब्राउनको पक्षमा ९८ तथा विपक्षमा शून्य मत परेको थियो । सिनेट बैठकको अध्यक्षता गरेको उपराष्ट्रपति माइक पेन्सले ब्राउनको मनोनयन ऐतिहासिक रहेको बताए । 

प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि अमेरिकी समाज र राजनीतिक क्षेत्र तनावमा छ । यहीबीच भएको सिनेट सुनुवाईमा ब्राउनको पक्षमा सर्वसम्मत भएको थियो । 

ब्राउनले हालैका दिनहरुमा अमेरिकी प्रशान्त वायु सेनाको कमान्डरका रुपमा सेवा गर्नु भएको थियो । उहाँ स्वयं लडाकू बिमानका पाइलट रहेका साथै उनले दुई हजार ९०० घण्टा सैनिक बिमान उडाएका छन् । 

ब्राउन सन् १९८४ मा अमेरिकी वायु सेनामा अधिकृतमा भर्ना भएका थिए। उनले वायु सेनाभित्र विभिन्न पदमा रहेर सेवा गरेका छन् । उनले एफ–१६ लडाकू बिमानको प्रशिक्षकका रुपमा पनि काम गरेका थिए ।

सन् २०१९ को जनगणना अनुसार अमेरिकामा सेनातर्फ १७ प्रतिशत अफ्रिकी–अमेरिकी मूलका रहेका छन् । 
 

प्रकाशित मिति: : 2020-06-10 21:55:06

प्रतिकृया दिनुहोस्