भारतीय मिडियाको चिन्ता– नाभी, कुटी र गुन्जी गाउँ नेपालले लैजाने भो!

नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो राजनीतिक नक्सामा राखेपछि संसारभरका नेपालीहरू एकाएक एक ठाउँमा उभिए।

नागरिकले नेपाल सरकारलाई अतिक्रमित भूमिबाट भारतीय सेना हटाउान चर्को दवाब दिइरहेका छन्। नागरिक मात्रै होइन नेपाली राजनीतिक पार्टीहरू पनि वैचारिक मतभेद थन्काएर सदनमा एक देखिए।

सत्तापक्ष नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत सबै राजनीतिक पार्टीहरू लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट भारतीय सेना हटाउने अभियान थाल्दै गर्दा, उता सांसद सरिता गिरीले भने नयाँ फन्डा सुरु गरेकी छन्।

सरकारले संसदमा प्रस्तुत गरेको नयाँ नक्सा सम्बन्धी संविधान संशोधन प्रस्ताव खारेज गर्न उनले माग गर्दै संशोधन प्रस्तावसमेत दर्ता गरिन्। उनले निशान छाप सम्बन्धी विधेयकनै खारेज हुनुपर्ने भनी संशोधन दर्ता गराएकी छन्।

सांसद गिरीको यो रबैयाले भारतीय पक्ष रमाइरहेको छ। उनले संशोधन प्रस्ताव खारेज गर्न माग गरेका समाचारहरू भारतीय मिडियामा छाइरहेका छन्।

गिरीबाहेक नेपाल र नेपालीहरू-यो सन्दर्भमा एक छन्। प्रमाणले भन्छ-लिम्पियाधुरा, लिपुलेक र कालापानीको नेपालको भूमि हो। यद्यपी भारतले यसलाई आफ्नो जमिन भन्न चाहिँ पटक्कै छोडेको छैन। उसका मिडियाहरु भन्छन्-उत्तराखण्डको पिथौरागढ़ जिल्लाका तीन भूमि नेपालले दाबी गर्‍यो। नेपालले चीनको भाषा बोलेको तथ्यहिन आरोपमा आजतक, जीन्यूज, एबीपी लगायत मिडियाले सुरूदेखि नै प्रचार गरिरहेका छन्। उनीहरुले सांसद सरिता गिरीहरू खोजिरहेका छन्। ताकि नेपालबारे भ्रम फैलाउन सकियोस्।

नेपाली पार्टीहरु एकजुट होलान् भन्ने भारतले कल्पना गरेको थिएन। अपसोच सबै एक भैदिए। पार्टी–पार्टीबीचको एकता भाँड्न भारतीय पूर्वप्रसाशक समेत सक्रिय नभएका होइनन्। उनीहरु मिडियाबाजी गर्दै नेपालमा राजतन्त्र फाल्न माओवादी परिचालन गरेको खुलासा समेत गरे।

भारतले नेपाली एकता भाँड्न अनेकन प्रयास अहिले पनि गरिरहेको छ। तर, यसपटक भारतीय पक्ष पूर्णरूपमा विफल भयो। अतिक्रमित भूमि नेपालको कब्जामा ल्याउन सरकारले सकारात्मक कदन भारतलाई मन परेको छैन। कहिले थल सेना प्रमुख त कहिँले मुख्यमन्त्री नेपाललाई घुमाउँरो ढंगले थर्काइरहेका छन्। उनीहरू यतिसम्म भन्छन् कि, लिम्पियाधुरा, लिपुलेक र कालापानी दाबी चिनियाँ चाल हो।’

सरकारले संसदमा प्रस्तुत गरेको नयाँ नक्सा सम्बन्धी संविधान संशोधन उपर संसदमा ‘विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले पारितपछि छिमेकी राष्ट्र भारतमा रुवाबासी मच्चिएको छ।

भारतले नेपाल बिरुद्ध बोल्न केही मिडिया प्रयोग गरिरहेको छ। यो भूमि नेपालले लिए ३९५ वर्ग किलोमिटरको भारतीय भूमि कम हुने भन्दै रोइकराई गरिरहेका छन्। नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी कब्जा गर्नै आट्यो झै समाचारहरु प्रकाशित हुन थालेका छन्।

नेपालले गुन्जी, कुटी र नाभी गाउँ लिनेमा उनीहरुको चिन्ता प्रकट हुन थालेका छन्। लिम्पीयाधुराभित्र पर्ने ओम पर्वत समेत नेपालकै हुने ती मिडियाहरुको दाबी छ।

यो भारतीयहरूको विश्वासको प्रमुख केन्द्र हो। मिडियाले हिन्दूहरुको आस्था मानसरोवर यात्रा पनि भारतका लागि कस्टकर हुने अनुमान गरेका छन्।

प्रकाशित मिति: : 2020-06-11 14:25:00

प्रतिकृया दिनुहोस्