कोरोना भाइरस लकडाउन: सामान्य अवस्थाको जनजीवन सम्झनुहुन्छ? कोभिड-१९ महामारीपछिको न्यूजील्यान्ड हेर्नुहोस्

प्रधानमन्त्री जसिन्डा आर्डर्नले न्यूजील्यान्डलाई कोभिड-१९ बाट मुक्त भएको घोषणा गरेपछि खुसी प्रकट गर्न आफू नाचेको बताइन्।

न्यूजील्यान्डले जुन ८ तारिखमा कोरोनाभाइस नियन्त्रणका लगाइएका सबै किसिमका प्रतिबन्धहरू हटाएको थियो।

कोरोनाभाइरसबाट नयाँ मानिस सङ्क्रमित नभएको दुई हप्ताभन्दा बढी समयपछि प्रतिबन्धहरू फुकुवा गरेको हो।

न्यूजील्यान्डले चार तहको सतर्कता प्रणाली कायम गर्दै पहिलो पटक मार्च २५ तारिखमा लकडाउन सुरु गरेको थियो।

चौथो तहको सतर्कतामा गएपछि सबै व्यापार-व्यवसाय र विद्यालयहरू बन्द गराई मानिसहरूलाई घरभित्रै बस्न भनिएको थियो।

अहिले ५० दिनभन्दा कम समयमा महामारीको अन्त्य गराएपछि उनीहरू पहिलो तहमा फर्केका छन् र जनजीवन लगभग सामान्य भएको छ। तर विदेशीहरूका लागि अझै सीमा बन्द गरिएको छ।

नयाँ नीतिमा सामाजिक दूरी अनिवार्य छैन र भेला हुने मानिसहरूको सङ्ख्यामा कुनै सीमितता छैन। आन्तरिक पर्यटनलाई बढाउने र अर्थतन्त्रलाई फेरि सामान्य अवस्थामा फर्काउने सरकारको लक्ष्य छ।

लकडाउनबाट निस्किएको पहिलो ४८ घण्टामा न्यूजील्यान्डमा देखिएका कुरा यिनै हुन्।

प्रकाशित मिति: : 2020-06-12 18:36:53

प्रतिकृया दिनुहोस्