मिस युनिभर्स नेपाल २०२० शुरु

मिस युनिभर्स नेपाल २०२० को आरम्भ भएको छ। म नेपाली लिमिटेड नेपालका लागि मिस युनिभर्स संगठनको नयाँ दीर्घकालिन फ्रेन्चाइजी रहेको रियालिटी सो तीन वर्ष अघि देखि शुरु भएको हो।

नग्मा श्रेष्ठले स्थापना गरेकी मिस यूनिभर्समा सीजी कर्पोरेसेन ग्लाेबल सहसंस्थापक रहेको छ। बिहीबार एक पत्रकार सम्मेलनकाबीच मिस युनिभर्स नेपाल २०२० को सार्वजनिक गरिएको हो।

कार्यक्रममा सीजी कर्पोरेसन ग्लोबल र मिस युनिभर्स संगठन तर्फबाट नग्मा सहित नेपाली महिला सशक्तिकरणका कलाकारहरु सहभागी थिए।

कार्यक्रममा सीजी कर्पोरेसन ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी र मिस युनिभर्सकी नग्माका साथै मिस युनिभर्स जोजीबीनी टुन्जी, मिस युनिभर्स नेपाल २०१८ की मनिता देवकोटा र सुपरस्टार इन्दिरा जोशी लगाएतको सहभागिता थियो।

प्रकाशित मिति: : 2020-06-13 23:44:32

प्रतिकृया दिनुहोस्