'बाटो भुलेर' सार्वजनिक (भिडियो)

संसारभर रहेका तमाम नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई आफ्नै देशमा फर्किन आव्हान गरेको गीत " बाटो भुलेर" आज सार्वजनिक भएको छ ।

अर्बाजो आर्टसको प्रस्तुती रहेको यो गीतमा शब्द र संगित पुरुषोत्तम ढुंगेलको रहेको छ भने संगित निर्माण र नियन्त्रण किरण भुसालको रहेको छ। परिच्छेद सेनद्वारा निर्देशित भिडियोमा तेज गिरी, पवन भट्टराई, सुन्दर धिताल, गणेश श्रेष्ठ र परिच्छेद सेनको अभिनय रहेको छ ।

पुरुषोत्तम ढुंगेल किरण भुसाल र चर्चित गायक राज सिग्देलको स्वर रहेको यो गीतले सिमाना मिचिरहेको छिमेकी विरुद्ध सबै नेपालीहरुले एकजुट हुनुपर्ने सन्देश दिएको छ ।

प्रकाशित मिति: : 2020-06-14 17:24:38

प्रतिकृया दिनुहोस्