नेविसंघले जलायाे प्रधानमन्त्री ओलीको तस्बिर

कोरोना रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। 

राजधानीको बिजुली बजारमा प्रदर्शनमा उत्रिएका नेविसंघका नेता कार्यकर्ताले सरकारविरुद्ध लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका हुन्।

उनीहरुले सरकारले कोभिड १९को महामारी रोक्नका लागि खर्च गरेको भनेको १० अर्बको हिसाबकिताब सार्वजनिक गर्न माग गरेका छन्। 

यस्तै उनीहरुले कोरोना भाइरसको संक्रमण भएकाहरुले प्रभावकारी उपचार नपाएको, मृत्युपछि मात्रै रिपोर्ट आउने गरी परीक्षणमा ढिलासुस्ती गरेको, प्रभावकारी नमानिएको आरडीटी परीक्षण गरेर क्वारेन्टाइनमा बस्नेहरुलाई घर पठाउने गरेको जस्ता विषयको आलोचना गरिएका प्लेकार्ड पनि बोकेका थिए।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसमेत जलाएका छन्। 

प्रकाशित मिति: : 2020-06-15 16:59:11

प्रतिकृया दिनुहोस्