संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रमा भारतसहित चार राष्ट्र निर्वाचित, केन्या पुनः पराजित

बिएल संवाददाता

संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघको साधारणसभाले २०२१/२०२२ का लागि सुरक्षा परिषद्मा चार सदस्य राष्ट्र निर्वाचित भएका छन्।

राष्ट्रसंघको सदस्य राष्ट्रहरुमा भारत, मेक्सिको, नर्वे र आयरल्याण्ड निर्वाचित भएका हुन्। यता निर्वाचनमा केन्या पुनः पराजित भएको छ। केन्याले जिबुतीविरुद्ध ११३ मत प्राप्त गरेको छ।

जिबूती र केन्याले सदस्य राष्ट्र चयन हुनका लागि फेरि मतदानमा भाग लिनुपर्ने बताइएको छ। दुई तिहाइ मत प्राप्त गर्न नसक्ने राष्ट्रहरुका लागि पुन: मतदान हुन लागेकाे हाे।

निर्वाचनमा आयरल्याण्ड र नर्वेले क्यानडालाई पराजित गरेको छ। सन् २०१० मा सुरक्षा परिषदमा भएको निर्वाचनमा क्यानाडालाई पोर्चुगलले पराजित गरेको थियो ।

एशिया प्रशान्त क्षेत्रमा विस्तारित सुरक्षापरिषदको स्थायी सिट जित्ने प्रयास गरिरहेको भारतले १८४ मत प्राप्त गरेको गर्‍याे।

निर्वाचन परिणामसँगै भारत र चीनले सुरक्षा परिषदमा समान हैसियत बनाएका छन्। 

यता मेक्सिकोले १८७ मत प्राप्त गरेको छ। अफ्रिकी राष्ट्रहरुले विगतमा आफ्नै उम्मेद्वार खडा गरेपनि यस पटक भने कुनै पनि देश राष्ट्रसंघमा आउन सकेनन्। 

प्रकाशित मिति: : 2020-06-18 07:48:06

प्रतिकृया दिनुहोस्