अमेरिका–चीन सम्बन्ध थप चिसिने संकेतः ट्रम्पद्धारा नयाँ बिलमा हस्ताक्षर

दक्षिण चीन सागर तथा ताइवानको विषयलाई लिएर चलिरहेको तानातानीको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा बिलमा हस्ताक्षर गरेका छन्। जसका कारण चीन र अमेरिकाबीचको सम्बन्ध झनै चिसिने सम्भावना बढेको छ। 

राष्ट्रपति ट्रम्पले चीनको उइगर तथा अन्य अल्पसंख्यक जातिविरूद्ध चलाइरहेको अभियानमा दण्डित गर्ने विधेयकमा हस्ताक्षर गरेका हुन्। 

अमेरिकी विधेयकमा पश्चिमी सिनजियाङ प्रान्तमा बसोबास गर्ने उइगर तथा अन्य जातीय समूहलाई निगरानीमा राख्ने तथा पक्राउ गर्ने चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाउनेसम्मको कानुन रहेको छ। 

चीनमा एक लाखभन्दा बढी मानिसलाई कमजोर अवस्थामा पक्राउ गरेर शिविरमा राख्ने कार्यविरूद्ध कार्यवाही गर्न कुनै देशले उठाएको सबैभन्दा ठूलो कदम हो। 

अमेरिकी कंग्रेसले विधेयकलाई पारित गरेको छ र बुधबार ट्रम्पले हस्ताक्षर गरिसकेका छन्। ट्रम्पले प्रतिकृया दिँदै भनेका छन्, ‘२०२० उइगर मानवाधिकार नीति अधिनियमअन्तर्गत ‘मानवाधिकार उल्लंघनका अपराधी’ लाई जवाफदेही ठहर गर्नेछ।’

उइगरहरूको अधिकारका लागि लडेका वकिल नुरी टर्केलले राष्ट्रपति ट्रम्पलाई यसका लागि धन्यबाद दिएका छन्। ‘यो अमेरिका र उइगरवासीका लागि महान दिन हो।’

प्रकाशित मिति: : 2020-06-18 14:22:41

प्रतिकृया दिनुहोस्