ओम्नीसँगको खरिदमा लेखाले देख्यो अनियमितता नै अनियमिता, बचाउ गर्न सचिव र डिजीलाई हम्मे हम्मे

नेपाल लाइभ

काठमाडौं

काठमाडौं- कोभिड-१९ रोकथामका लागि स्वास्थ्य सामग्री खरिद प्रकरणमा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग भएको ठहर प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गरेको छ। समितिको सोमबारको बैठकमा समिति सभापति भरतकुमार शाहले प्रारम्भिक अध्ययनमा ओम्नीसँगको खरिद प्रक्रियामा अनियमिततै अनियमिता देखिएको भन्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक (डिजी) र स्वास्थ्य मन्त्रालयका सचिवलाई प्रश्न गरेका थिए। 

विभागीय प्रमुखले नेतृत्व गर्नुपर्नेमा अन्य असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग गरेको देखिएको उनको भनाइ थियो। यस्तै खरिद प्रक्रिया अगाडि बढाएर सम्झौता गरेपछि मात्रै बजेटको माग गरिएको पाइएको सभापति शाहले प्रश्न उठाए। यस्तै खरिद कार्यमा संलग्न विज्ञ स्वास्थ्य सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न गराउने आधार पेश गर्न नसकेको र खरिद ऐनमा व्यवस्था भएको मूल्याङ्कन समितिको कुनै भूमिका नदेखिएको भनी प्रश्न गरेका थिए। 

प्रकाशित मिति: : 2020-06-22 23:30:46

प्रतिकृया दिनुहोस्