जितेन्द्र देवमाथि 'सरिता गिरी पथ'मा हिँडेको आरोप

रातोपाटी

काठमाडौँ

अहिले राष्ट्रियताको विषयलाई लिएर नेपालको राजनीति तातेको छ । सीमा विवाद र नागरिकता विधेयक यतिबेला सबैका लागि ‘हट इस्यु’ बनेको छ । राजनीतिकर्मी, पत्रकार, सर्वसाधारण सबै यसैमा केन्द्रित भएर बहस गरिरहेका छन् । र, यी दुवै विषयलाई झन् चर्चाको विषय बनाइदिने काम नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य जितेन्द्र देव र जनता समाजवादी पार्टीकी नेतृ एवं प्रतिनिधिसभा सदस्य सरिता गिरीले गरेका छन् ।

सांसद गिरीले सरकारले जारी गरेको नयाँ नक्साको बारेमा संसदमा दिएको अभिव्यक्ति र सांसद देवले नागरिकता विधेयकको विषयमा राष्ट्रिय सभामा दिएका अभिव्यक्तिले नेपाली राजनीतिलाई तरङ्गित बनाएको छ । यी दुवैका अभिव्यक्तिको पक्ष र विपक्षमा टिकाटिप्पणीहरु भइरहेका छन् । सांसद देवले असार ९ गते राष्ट्रियसभाको विशेष समयमा नागरिकता विधेयकका कारण मुलुक नै खतरामा परेको धारणा राखेका थिए । ‘कसैको संस्कृतिमाथि आक्रमण गर्ने अधिकार नेकपालाई छैन,’ उनले भनेका थिए, ‘युपी–बिहारसँग मधेशीको बिहे रोक्नु भनेको नेकपाको एन्टी मानसिकता छ, त्यसैले राष्ट्रलाई बलियो पार्दैन ।’

प्रकाशित मिति: : 2020-06-26 19:30:09

प्रतिकृया दिनुहोस्