नेकपाको स्थायी कमिटि बैठक जारी, केहीबेर सहभागी भएर बाहिरिए ओली

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक शनिबार पनि जारी छ। बिहान ११ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक सुरु भएको हो।

शुक्रबार बसेको स्थायी कमिटि बैठकमा नेपाल भारत सीमाबारे १८ जना स्थायी कमिटि सदस्यहरुले आफ्नो धारणा राखेका थिए।

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा समेत छलफल गर्नको लागि एजेण्डा तय गरिएकोले स्थायी कमिटीको बैठकलाई महत्वपूर्ण मानिएको छ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारको स्थायी समिति बैठकमा उपस्थित भएका थिएनन्।

तर पार्टी अध्यक्ष समेत रहेका ओली आजको बैठकमा केहीबेर सहभागी भएर बाहिरिए।

स्वास्थ्यमा समस्या भएका कारण अध्यक्ष ओलीले पूरा समय बैठकमा बस्न नसकेको अर्का अध्यक्ष पुष्पकमल दाहालले समिति सदस्यहरुलाई जानकारी गराएका थिए।

आजको बैठकमा पनि सीमा विवादबारे समिति सदस्यहरुले धारणा राख्ने कार्यतालिका छ। त्यसपछि कोरोना महामारी रोकथामबारे भइरहेका प्रयासबारे छलफल हुने एक नेताले जानकारी दिए।

यस्ता छन् बैठकका पूर्वनिर्धारित एजेण्डाहरु:

१. अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य

२. कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने

३. सीमा समस्या र समाधानबारे

४. सरकारको कामको समीक्षा

५ पार्टी कामको समीक्षा र सांगठिनक एकताको पूर्णता

६. एमसीसीबारे

७. विविधि। यसमा एक महिनाअघि भएको रुकम घटना, नागरिकता विधेयक र सांसद र प्रदेशसभा सदस्यको बैठक भत्ता नलिने विषय।

प्रकाशित मिति: : 2020-06-27 12:45:50

प्रतिकृया दिनुहोस्