सूचना प्रविधिको ट्रेन्ड : हाम्रो लक्ष्य कहाँ हो, हामी कहाँ पुग्यौँ ?

रातोपाटी

काठमाडौँ

शंकर अर्याल

शक्तिशाली मानिने विश्वका राष्ट्र र व्यक्तिसँग शक्तिका मूलतः ३ आधार हुन्छन् । हतियार, अर्थतन्त्र र सूचना । विगतमा अत्याधुनिक हतियार भएका मुलुकलाई शक्तिशाली मान्ने चलन थियो । विस्तारै अर्थतन्त्रको आकार र आर्थिक क्षमतालाई राष्ट्रको शक्तिको रुपमा परिभाषित गर्न थालियो । पछिल्लो समय शक्तिशाली त्यसलाई मानिन्छ, जोसँग सूचनाको पहुँच पर्याप्त छ । 

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक समेत रहेका सूचना प्रविधि क्षेत्रका विज्ञ आनन्दराज खनाल भन्छन्, ‘विश्वका शक्तिशाली व्यक्तिको सूचीमा हामी फेसबुक र गुगलका मालिकहरुलाई देख्छौं, उनीहरु शक्तिशाली हुनुको कारण सूचना हो । उनीहरुले हाम्रो व्यक्तिगत गतिविधिको रियल टाइममा ट्रयाकिङ गरिरहेका हुन्छन्, ती सबै गतिविधिको सूचना उनीहरुसँग सुरक्षित हुन्छ ।’ 

प्रकाशित मिति: : 2020-06-27 15:24:11

प्रतिकृया दिनुहोस्