भारतमा तीब्र गतिमा कोरोना संक्रमित बढ्दै, ५ दिनमा एक लाखमा संक्रमण

भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा अगाडि बढ्न थालेको छ।

पछिल्लो पाँच दिनमा कोरोनाका एक लाख संक्रमित बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा छैटौं पल्ट सन्देश दिनु परेको थियो। 

भारतमा ३० जनवरीमा कोरोनाको पहिलो संक्रमित फेला परेको थियो। त्यस यता ढिलो संक्रमण फैलिएपनि पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्दै गइरहेको छ।

भारतमा सुरुमा एक लाख संक्रमित पुग्न १ सय १० दिन लागेको थियो। यसपछि १५ दिनमा दुई लाख, १० दिनमा तीन लाख, ८ दिनमा ४ लाख हुँदै ६ दिनमा ४ लाख पुगेको थियो। 

भारतमा हाल फैलिँदो संक्रमणको अवस्था हेर्दा केही दिनमा संक्रमितको संख्याले रुसलाई पछाडि छोड्ने बताइएको छ। अमेरिका र ब्राजिलपछि हाल तेस्रो नम्बरमा रुस सबैभन्दा बढी संक्रमित भएको देश हो।

प्रकाशित मिति: : 2020-07-02 08:12:29

प्रतिकृया दिनुहोस्