संघीय संसदको बजेट अधिवेशन अन्त्य

 राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन्। उनले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेकी हुन्।

यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो।

बैठकमा प्रधानमन्त्रीले कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले  नागरिकता, निजामती सेवासम्बन्धी विधेयकमा विवाद रहेको र अरू खासै केही नभएको बताएपछि प्रधानमन्त्रीले आजै साँझ ५ बजेटबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय सुनाएका थिए।

वैशाख २६ गतेबाट शुरु भएको संसदको यो अधिवेशनले नागरिकता र निजामती सम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारे समेत निर्णय गर्नुपर्ने थियो।

कोरोना महामारीकै बीच सुरु भएको बजेट अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, बजेट पारित गरेको छ। त्यसबाहेक केही विधेयकहरु पनि पारित गरेको छ।

प्रकाशित मिति: : 2020-07-02 14:26:14

प्रतिकृया दिनुहोस्