राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेकी छिन्। भण्डारीले बिहीबार संघीय संसद सचिवालयलाई एक पत्र पठाउँदै बिहीबार साँझ ५ बजेदेखि दुबै सदनको चालू अधिवेशन अन्त्य भएको जानकारी गराएकी हुन्।

आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसदको जारी अधिवेशन स्थगन गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदको निर्णय राष्ट्रपतिकहाँ सिफारिस गरेको थियो ।

प्रधानमन्त्रीले पार्टीभित्र र सभामुख तथा राष्ट्रियसभा अध्यक्षसँग समेत छलफल नगरी एकाएक संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन्।

प्रकाशित मिति: : 2020-07-02 14:42:50

प्रतिकृया दिनुहोस्