राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे अध्यक्ष दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटारबाट शीतल निवास गएका छन्।

बालुवाटारमा जारी स्थायी कमिटी बैठक स्थगित गरेर अध्यक्ष दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

राष्ट्रपति भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन्। 

यसअघि मन्त्रिपरिषद् बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए।

अधिवेशन अन्त्य गरेसँगै नेकपाको स्थायी कमिटीको बैठक पनि प्रभावित भएको छ।

याे पनि

संघीय संसदको बजेट अधिवेशन अन्त्य

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

प्रकाशित मिति: : 2020-07-02 14:56:19

प्रतिकृया दिनुहोस्