संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

मन्त्रिपरिषद बैठकले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्टपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ। आजै मध्यरातदेखि अधिवेशन अन्त्य हुने छ ।

बालुवाटारमा १२ बजेदेखि जारी बैठक संसद अधिवेशन स्थगित गर्ने निर्णय गरेर सकिएको हो। मन्त्रिपरिषदको उक्त निर्णयपछि सो जानकारी राष्ट्रपतिलाई पठाइन्छ। 

राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन स्थगनको निर्णय गर्नेछिन्। एक चौथाइ सांसदले हस्ताक्षर गरेर सभामुखलाई बुझाए अधिवेशन बोलाउन सकिने प्रावधान छ।

संसद अधिवेशन अन्त्य गर्ने विषयमा ओलीले गरे राष्ट्रपतिसँग परामर्श 

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको वर्षे अधिवेशन अन्त्य गर्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन्। बिहीबार बिहान राष्ट्रपति भेट्न शितल निवास पुगेका ओली संसद अधिवेशन अन्त्य गर्ने विषयमा परामर्श गरेको स्रोतको दाबी छ।  

एक सातादेखि नेकपाको स्थायी समिति बैठकमा ओलीमाथि राजीनामाको दबाब बढेको छ। शीर्ष नेताहरुले राजीनामा दिन दबाब बढाएपछि ओलीले संसद अधिवेशन अन्त्य गरी आवश्यक कदम चाल्ने तयारी गरेको बुझिएको छ।

प्रकाशित मिति: : 2020-07-02 12:54:39

प्रतिकृया दिनुहोस्