जीपी कोईराला फाउण्डेसन पर्साद्वारा वृक्षारोपण

स्वर्गीय गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्मजयन्तीको अवसरमा शुक्रबार दोस्रो दिन जीपी कोईराला फाउण्डेसन पर्साले वृक्षारोपण गरेको छ । आदर्शनगरको पुरानो पानी ट्यांकीस्थित हाजिअलि रोड नजिक रहेको कब्रस्थान तथा ठाकुरराम बहुमुखी क्याम्परको प्रांगढमा विभिन्न प्रजातिका बोटबिरुवाको वृक्षारोपण गरिएको हो।

आँप, लिची, कटहर, निम, अशोक, टीक, अम्बा, सिसो सगुवात, जामुनलगयत प्रजातिका २४३ वटा वटा बोटबिरुवा लगाई वृक्षारोपण गरिएको फाउण्डेसनका कोषाध्यक्ष मनोहर कुमार साहले जानकारी दिए।

फाउण्डेसनले जन्मजयन्तीको पहिलो दिन वीरगन्जस्थित मानवसेवा अश्रममा रहेका सहारा विहिनलाई दिवा भोजन एवं मिठाई वितरण गरेको थियो।

जन्मजयन्तीको तेस्रो दिन शनिबार नेपाली पत्रकारितामा उदयमान दुई युवा पत्रकारलाई जनही २१ हजार रूपैयाँ नगदसहित सम्मान गरिने फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिले जनाए।

प्रकाशित मिति: : 2020-07-03 10:58:07

प्रतिकृया दिनुहोस्