धनुषामा बर्थिङ सेन्टर निर्माणको विषयमा विवाद, प्रहरीद्वारा ६ राउन्ड अश्रु ग्यास र २ राउन्ड हवाई फायर

धनुषामा बर्थिङ सेन्टर निर्माणको विषयमा विवाद भएपछि प्रहरीले ६ राउन्ड अश्रु ग्यास र २ राउन्ड हवाई फायर गरेको छ।

शुक्रबार विदेह नगरपालिका वडा नम्बर २ र ३ का स्थानीयबीच झडप हुँदा स्थितिलाई नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर र ६ राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

झडपमा २ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको उनले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतका अनुसार दुहबी र गोबराहीको स्थानीयबीच बर्थिङ सेन्टर बनाउने विषयमा दुई दिनदेखि विवाद हुँदै आएको थियो। 

त्यसैक्रममा शुक्रबार बिहान दुई पक्षबीच झडप भएको एसपी बस्नेतले बताए।

अवस्था नियन्त्रणमा लिन प्रहरी पुगेपछि दुहबी सिमा प्रहरी चौकीमा समेत स्थानीयले ढुंगामुढा गरेको प्रहरीले जानएको छ।

दुहबी र गोबराहीका स्थानीय एक अर्कामाथि आक्रमण गर्न थालेपछि घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट थप टोली पठाइएको छ। शुक्रबार बिहानैदेखि सिमावर्ती दुहबी गोबराही तनावग्रस्त बनेको छ।

अहिले सो विवादलाई मिलाउन बुदै पक्षबीच छलफल चलिरहेको बस्नेतले बताए।
 

प्रकाशित मिति: : 2020-07-03 16:14:13

प्रतिकृया दिनुहोस्