विपद् बुलेटिनः पछिल्लो २४ घण्टामा २० घटना, ३ जनाको मृत्यु

फाइल तस्वीर

नेपालमा पछिल्लो २४ घण्टामा चट्याङ र पहिराका घटना बढी भएका छन् ।

कूल २० विपद्का घटनामध्ये १२ घटना चट्याङका मात्रै छन् । 

पर्सामा चार, सर्लाहीमा दुई, रौतहटमा दुई तथा चितवन, प्यूठान, गुल्मी र सप्तरीमा एक/एक गरी १२ स्थानमा चट्याङ गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

चट्याङबाट सर्लाही र सप्तरीमा दुई जनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा ११ जना घाइते भएका छन् । 

यस्तै गुल्मी र बाग्लुङमा तीन ठाउँमा पहिरो गएको छ ।

वर्षाका कारण घर भत्किँदा गुल्मीमा १८ महिनाको बालकको मृत्यु भएको छ ।

एक जना बेपत्ता छन् ।

यस्तै धादिङ र रसुवामा आगलागीका घटना भएको प्राधिकरणले आज एक सूचनामार्फत जनाएको छ । 
 

प्रकाशित मिति: : 2020-07-03 20:05:12

प्रतिकृया दिनुहोस्