फ्रान्सलाई खुला सोच र दृढ नेतृत्वको खाँचो रहेको निवर्तमान प्रधानमन्त्रीको भनाइ

फ्रान्सको प्रधानमन्त्री पदबाट शुक्रबार राजीनामा दिएका एडुअर्ड फिलीपले मुलुकलाई खुल्ला सोच र दृढ निश्चयी नेतृत्वको खाँचो रहेको बताएका छन् ।नवनियुक्त प्रधानमन्त्री जाँ कास्टेक्सलाई पद हस्तान्तरणका लागि आयोजित कार्यक्रममा निवर्तमान प्रधानमन्त्री फिलीपले यस्तो बताएका हुन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका कास्टेक्सलाई शुक्रबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।निवर्तमान प्रधानमन्त्री फिलीपले सन् २०१७ देखि गत शुक्रबारसम्म देशको प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका थिए । उनले शुक्रबार राजनीनामा दिएका हुन् ।

पदहस्तान्तरण कार्यक्रममा फिलीपले भने, “प्रिय जाँ कास्टेक्स, मेरो उत्तराधिकारीको रुपमा तपाईलाई पाउँदा मलाई धेरै खुशी लागेको छ, बधाई तथा शुभकामना छ ।”उनले अगाडि थपे, “हाम्रो देशलाई खुल्ला सोच र दृढ निश्चयी व्यक्ति चाहिन्छ । तपाईले फ्रान्सको आवश्यकतालाई पूरा गर्नुहुनेछ भन्नेमा मलाई कुनै द्वुविधा छैन ।”निवर्तमान प्रधानमन्त्री फिलीपले नयाँ प्रधानमन्त्री कास्टेक्सले प्रधानमन्त्रीका रुपमा सही निर्णयहरु गर्ने विश्वास पनि व्यक्त गरे ।

नगर निर्वाचनमा वातावरण पक्षधर समूहको बहुमतसँगै सरकारमा नयाँ समूहको आवागमन हुने देखेर उहाँले राजीनामा दिएका हुन् । फिलीपसँगै उनको सम्पूर्ण समूहले सरकारबाट शुक्रबार नै राजिनामा दिइसकेको छ ।नयाँ चरणमा स्वतन्त्रता, पुनः निर्माण, पुनः मिलन तथा नयाँ उपायहरूको लक्ष्यलाई प्रशासनको नयाँ नेतृत्वमार्फत अघि बढाउने राष्ट्रपति म्याक्रोँले हालै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा उल्लेख गरिएको थियो ।

प्रकाशित मिति: : 2020-07-04 15:23:28

प्रतिकृया दिनुहोस्