मन्त्रीहरूलाई बालुवाटार बाेलाए प्रधानमन्त्री शीतल निवासमा, प्रचण्ड निवासमा खनाल, नेपाल र गौतमको बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।

शनिबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली नियमित भेटघाट गर्न शीतल निवास पुगेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

यही बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा ओलीतिरका नेकपा शीर्ष नेता छलफलमा जुटेका छन्। प्रचण्ड निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम आन्तरिक छलफलमा जुटेको हुन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरूलाई बालुवाटार बोलाएका छन्। मन्त्रीहरूलाई मिटिङका लागि भन्दै बोलाइएको छ। यद्यपि यो मन्त्रिपरिषद् वा अरू मिटिङ हो भन्ने बारेमा भने प्रष्ट पारिएको छैन।

प्रकाशित मिति: : 2020-07-04 18:46:12

प्रतिकृया दिनुहोस्