अर्जेन्टिनामा मैदानलाई १२ भागमा छुट्टयाएर फुटबल खेल हुँदै

एजेन्सी

ब्युनोज आयर्स

कोरोनाका कारण अर्जेन्टिनामा विगत सय दिनदेखी फुटबलको सबै गतिविधि बन्द छ। यस्तो अवस्थामा फुटबलको गतिविधिसँग पुनः जोडिन देशका दुई क्लबले नयाँ जुक्ति निकालेका छन्। 

बेन्डे हुमो फुटबल क्लब र लस मिस्मोस क्लबले हालै खेलेको फाइभ–ए–साइड फुटबल खेलमा नयाँ नियम लागु गरे। उनीहरुले दुवै टोलीका ५–५ खेलाडी समावेश हुँदा मैदानलाई १२ वटा बक्सामा बाँडेका थिए। जसमा नियम बनाइएको थियो, कुनै खेलाडीले ड्रिब्लिङ र डिफेन्स गर्दै गर्दा आफ्नो बक्साबाट बाहिर निस्किन नपाउने। 

आफ्नो बक्साबाट बाहिर निस्किएको खण्डमा विपक्षी टोलीलाई पेनाल्टीको अवसर दिने नियम बनाइएको थियो। यसको उद्देश्य ‘डिस्टेन्सिङ’ सहित फुटबल खेल्नु रहेको बताइएको थियो। नियम अनुसार बढीमा १० मानिस ‘आउटडोर एक्टिभिटी’ मा समावेश हुन सक्छन्।

प्रकाशित मिति: : 2020-07-04 21:49:32

प्रतिकृया दिनुहोस्