पूर्व राजा ज्ञानेन्द्र ७४ औँ वर्षमा प्रवेश, जन्मदिन नमनाउने

पूर्व राजा ज्ञानेन्द्र शाह आज ७४ औँ वर्षमा प्रवेश गरेका छन्। यस वर्ष पूर्व राजा शाहले जन्मदिन नमनाउने गत साता एक सन्देश जारी गर्दै निर्णय गरेका छन्।

उनले राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर आफ्नो जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेकाे जानकारी दिए। मुलुक अहिले कोरोनाबाट आक्रान्त रहेको उल्लेख गर्दै उनले सन्देशमा विदेशबाट फर्किने सबै नेपालीको श्रम, सिप र सामथ्र्यको सदुपयोग गरि आफ्नै देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाइनुपर्ने उल्लेख गरेका थिए।

मुलुकमा लोकतन्त्र आउनुअघि राजाको जन्मदिवसका दिन सार्वजनिक बिदा हुने गरेको थियो। तर, २०६२–६३ को जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले राजाका अधिकारहरु कटौति गरेको थियो। त्यसपछि उनको जन्मदिनमा सार्वजनिक बिदा दिन छाडियो।

२०६५ साल जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकले मुलुकलमा रहेको राजतन्त्रको अन्त्य गर्दै विधिवत् रुपमा गणतन्त्र घोषणा ग-यो।

त्यसपछिका पूर्वराजाले सर्वसाधारणकै हैसियतमा जन्मोत्सव मनाउँदै आएका छन्। २०५८ साल जेठ १९ गते भएको राजा वीरेन्द्रको वंशविनाशपछि उनका भाई ज्ञानेन्द्र राजा बनेका थिए।

प्रकाशित मिति: : 2020-07-07 09:13:20

प्रतिकृया दिनुहोस्