काश्मिरमा सुरक्षा दिन गएका सुरक्षाबलले नै मारे आफ्नो कमाण्डर

भारतीय सीमा रक्षाका लागि बसेका सशस्त्र सीमा बल (एसएसबी) का एक सुरक्षाकर्मीले सोमबार आफ्नै कमाण्डको हत्या गरेका छन्। 

जम्मु–काश्मिरको कुलगाममा यो घटना भएको हो। आफ्नो कमाण्डरसँग केही कुरामा विवाद बढेपछि सिपाहीले आफूसँग भएको राइफलबाट गोली हानेका थिए।

दुबै कुलगामस्थित अदालत भवन बाहिर गस्ती गरिरहेका थिए। 

भारतीय अखबारले पनि यसको पुष्टि गर्दै घटना सोमबार साँझ अदालत परिषर् बाहिर भएका बताएको छ।

 यो ठाउँमा एसएसबीको आठौं बटालियन सुरक्षामा खटिएका थिए। 

मारिएका कमाण्डर एएसआई र्‍याकको भएको बताइएको छ। स्थानीय प्रहरीले घटनाको छानबिन गरिरहेको छ।

प्रकाशित मिति: : 2020-07-07 17:52:45

प्रतिकृया दिनुहोस्