हिमालयले चीनको टियानजिन र मनिलामा चार्टर्ड उडान गर्ने

हिमालय एयरलाइन्सले चीनको टियानजिन र मनिलामा चार्टर्ड उडान गर्ने भएको छ । हिमालयले नयाँ गन्तव्यका रुपमा जुलाई ८ र ९ तारिखमा चीनको टियानजिन गन्तव्यमा चार्टर्ड उडान गर्ने कार्यतालिका बनाएको हाे ।

यस्तै  हिमालयले मनिलामाई जुलाई ११ तारिखमा उडान भर्न लागेकाे छ।सोही दिन हिमालयले साउदी अरेबियाबको दमाममा चार्टर्ड उडान गरी नेपाली स्वदेश फर्काउने जनाएको छ ।

जुलाइ १२ मा मलेसियाको क्वालालम्पुर चार्टर्ड उडान नेपाली ल्याउने  छ । यसअघि जुलाई २ देखि ८ तारिख सम्मको उडान तालिका बनाएर  हिमालयले साउदी अरेबियको दमाम, मलेसियाको क्वालालम्पुर, कतारको दोहा युएईको आबुधाबी र कुवेतबाट चार्टर्ड उडान गरी नेपालीलाई स्वेदश फर्काएको छ ।

प्रकाशित मिति: : 2020-07-07 19:57:06

प्रतिकृया दिनुहोस्