सरिता गिरीलाई हि्वप उल्लंघन गरेको भन्दैमा कारवाही गर्नु खेदजनक: मोहना अन्सारी

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले सरिता गिरीलाई सांसदबाट हटाउने निर्णय फिर्ता लिन माग गरेकी छन्। 

मंगलबार एक ट्विट गर्दै उनले संसदीय दलको हि्वप उल्लंघन गरेको भन्दैमा समाजवादी पार्टीले कारवाही गर्नु खेदजनक रहेको बताएकी हुन्। 

‘मा. सरिता गिरीलाई समाजवादी पार्टीले कथित छानविन प्रतिवेदनको आधारमा कारवाही गरी निश्कासन र सांसदबाट निलम्बन हुने विषय खेदजनक छ’ अन्सारीले टि्वटरमा लेखेकी छन्, ‘संसदमा आफ्नो धारणा स्वतन्त्र ढंगले राखेकै आधारमा कारवाही गर्नु अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यता विपरीत रहेकाले निर्णय फिर्ता लिन अनुरोध गर्दछु।’

समाजवादीले गिरीलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निश्काशन गर्ने निर्णय गरेको छ। 

गिरीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा र निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने भन्दै संशोधन दर्ता गराएकी थिइन्। 

विधेयक दर्ता गराएपछि चौतर्फी आलोचना भएपछि पार्टीले उनकाे गतिविधिबारे छानविन गर्न महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो। त्यसैअनुसार कारवाहीको निर्णय भएको हाे। 

पार्टीले उनले नेपालको संविधानको दोस्रो संशोधन संसदीय दलका निर्देशन विना नै संशोधन हालेको ठहर गरेको छ। 

प्रकाशित मिति: : 2020-07-07 21:35:54

प्रतिकृया दिनुहोस्