‘कि रोजगारी दे, कि कोरिया जान दे’

लकडाउन र हवाई उडान बन्द भएर ईपीएस प्रक्रिया पूरा गरेर पनि कोरिया जान नपाएकाहरूले बुधबार प्रदर्शन गरेका छन्।

रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण बनाइदिनु पर्‍यो भन्दै माइतीघर मण्डलामा बुधबार प्रदर्शन गरेका हुन्।

‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पुरा गरौं, बाटो देखाइदिनु’, ‘तिमीले त कुर्सी बचाउँला, हामीले जागिर कसरी बचाउने?’, ‘कि रोजगारी दे, कि कोरिया जान दे’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रर्दशनमा उत्रिएका हुन्।

ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षा पास गरी रोजगारदाताको छनोटमा परिसकेका चार हजारभन्दा बढी नेपाली श्रमिकहरू कोरिया जान पाएका छैनन् । 

प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रकाशित मिति: : 2020-07-08 12:44:01

प्रतिकृया दिनुहोस्