म सिजनको सुरुदेखि नै भएको भए उपाधि जित्न सक्थ्यौं: इब्राहिमोभिच

एजेन्सी

काठमाडाैं

इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिचले आफूलाई सिजनको सुरुमै भित्र्याएको भए  सिरि एको उपाधि जित्न सक्ने पनि दाबी गरे।

मंगलबार राति सिरि एको शीर्ष टिम युभेन्ट्सलाई मिलानले ४–२ ले पराजित गरेपछि स्विडिस फरवार्ड इब्राहिमोभिचले यस्तो प्रतिक्रिया दिएका हुन्।

खेलको ६२ औं मिनेटमा इब्राहिमोभिचले पेनाल्टीलाई गोलमा परिणत गरेका थिए। लिओनार्डो बोनुचीले कर्नरमा ह्यान्ड गरेपछि भिडियो असिस्टेन्ट रेफ्रीले रिप्ले हेरेर पेनाल्टी दिएका थिए।

‘म सिजनको सुरुदेखि नै मिलानमा भएको भए हामीले उपाधि जित्न सक्थ्यौं,’ उनले भने, ‘अहिले म क्लबको अध्यक्ष, प्रशिक्षक र खेलाडीको भूमीकामा छु। तर मलाई फुटबलरको रुपमा मात्र तलब दिइएको छ।’

३८ वर्षीय इब्राहिमोभिच गत जनावरीमा अमेरिकी क्लब एलए ग्यालेक्सी छाडेर मिलान आएका थिए। उनको सम्झौता सिजनको अन्त्यबाट सकिँदैछ।

उनले मिलानसँग सम्झौता थप हुने आसा गरेका छन्।

इब्राहिमोभिच दोस्रो पटक मिलानमा आबद्ध भएका हुन्। यसअघि उनले २०११ देखि २०१२ सम्म मिलानबाट खेलेका थिए। फ्रेन्च क्लब पिएसजीमा आबद्ध हुनुअघि उनले मिलनबाट ८५ खेल खेल्दै ५६ गोल गरेका थिए।

प्रकाशित मिति: : 2020-07-08 13:27:52

प्रतिकृया दिनुहोस्