वर्षाका कारण ढल्यो सीमास्तम्भ

कञ्चनपुरको बेलौरी नगरपालिका २ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नम्बर २०७ ढलेको अवस्थमा फेला परेको छ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दका अनुसार सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेकाे हाे। 

उनले जीर्ण अवस्थमा रहेको सीमास्तम्भको मर्मतसम्भारकार्य नहुँदा ढलेको दावी गरेका छन्। 

‘सीमास्तम्भ ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ’, उनले भने ‘जीर्ण अवस्थमा रहेको सीमास्तम्भको मर्मतसम्भारकार्य नहुँदा ढलेको हाे।’

बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सीमास्तम्भ ढलेको अवस्थमा फेला परेकोबारे जानकारी गराइएको उनले बताए।

सीमास्तम्भ मर्मतकार्यका लागि जोर भारतले विजोर नेपालले मर्मत गर्दै आएका थिए। तर सीमास्तम्भ मर्मतको कार्य हुँदै गर्दा कारोना भाइरसका कारण बन्दाबन्दी भएपछि रोकिएको छ।

प्रकाशित मिति: : 2020-07-09 07:42:20

प्रतिकृया दिनुहोस्