नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने एमएसओकाे निर्णय

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन्। तर दूरदर्शन च्यानलकाे भने प्रशारण यथास्थितिमा नै राखिने भएकाे छ।

वितरकहरुले बिहीबार साँझदेखि भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए ।

उनका अनुसार भारतीय मिडियामा नेपाल विरोधी समाचार आउनुका साथै अतिरञ्जित र अनर्गल प्रचार गरिरहेकाे भन्दै उक्त निर्णय गरिएकाे हाे। 

आजमात्रै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सरकारले भारतीय मिडियामा नेपाल विरोधी आएको समाचारको कानुनी उपचार खोज्न जानकारी दिएका थिए।

मन्त्री खतिवडाले भारतीय मिडियामा आएका समाचारका विषयमा कुटनीति तबरबाट कुरा हुनसक्ने बताएका छन्। भारतीय मिडिया आफैं अनुशासित हुनुपर्ने उनकाे भनाइ थियाे।

प्रकाशित मिति: : 2020-07-09 19:36:24

प्रतिकृया दिनुहोस्