तथ्यहीन र मर्यादाहीन सामग्री जिम्मेवार पत्रकारिता हाेइन: प्रेस संगठन

प्रेस संगठनले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चार माध्यमहरुले प्रशारण गरिरहेको समाचारको भर्त्सना गरेको छ।

बुधबार संगठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले सयुक्त विज्ञप्तिमा पत्रकारिताको न्युनतम् मुल्य र मान्यता समेत पालना नगरी प्रसारण गरिएको तथ्यहीन र मर्यादाहीन सामग्री जिम्मेवार पत्रकारिता नभएकाे उल्लेख गरिएकाे छ। 

‘दुई देशबीचको कुटनीतिक सम्बन्धमा मात्रै होइन, दुई देशका जनताबीचको सम्बन्धमा समेत दरार पैदा गर्ने यस्ता समाचारको खण्डन गर्दै प्रसारण रोक्नका निम्ती कुटनीतिक कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: : 2020-07-09 20:20:56

प्रतिकृया दिनुहोस्