अमेरिकामा चर्चित बन्दै मंगोलियाकी अग्ली युवती

अमेरिकाको शिकागोमा एउटी मंगोल युवती बसोबास गर्छिन। उनी हिजोआज यति चर्चित भएकी छिन्, बाटोमा हिँड्दा सबैको ध्यान उनीतर्फ जाने गर्छ। 

न उनी हलिउड नायिका हुन्, न कुनै मोडल नै। तर, पनि उनी बाटोमा निस्किएपछि उनलाई नहेर्ने सायदै कोही हुन्छन्। 

रेन्सेनखोरलू बड, २९, मूलत मंगोलिया निवासी हुन्। उनको कम्मरदेखि तलको लम्बाई नै ५२ दशमलव ८ इन्ची छ। एक रिपोर्टअनुसार उनी विश्वको दोस्रो लामो खुट्टा भएको महिला हुन्। उनी ६ फिट ९ इन्ची छिन्। 

उनले यो सबै आफ्नो परिवारबाट उपहारको रूपमा प्राप्त गरेकी हुन्। उनको बुवाको लम्बाई ६ फिट १० इन्ची छ भने आमा ६ फिट १ इन्ची छिन्। 

आफ्नो लामो खुट्टाका कारण उनी धेरै ठाउँमा ठट्टाको पात्र बनेकी छिन्। तर, उनलाई खुट्टा लामो भएकोमा गर्व छ। यद्यपि धेरै पल्ट उनले आफूलाई मनपर्ने लुगा र जुत्ताहरू किन्न पाएकी छैनन्। 

उनले मोडलिङ पेशालाई पनि अपनाएकी छिन्। भन्छिन्, ‘सानोमा मलाई धेरै पल्ट असहज लाग्थ्यो तर अहिले बानी परिसक्यो। मलाई आफ्नो लम्बाई प्रति गर्व छ। म आफ्नो लामो खुट्टाबाट खुसी छु।’

उनी एउटा ब्राण्डका लागि मोडलिङ गर्छिन, जो उचाई भएका युवतीहरूका लागि लेगिज बनाउने काम गर्छ। 

उनी भन्छिन्, ‘लम्बाईका कारण हिँड्न समस्या हुन्छ। मलाई आफ्नो साइजको कपडा किन्न पनि समस्या परेको छ। कुनै साथीहरूको घर यति सानो हुन्छ। भित्र प्रवेश गर्दा टाउको निहुर्‍याउनु पर्ने हुन्छ। धेरै पल्ट टाउको ढोका वा सिलिङमा ठोक्किएको छ।’

उनको जुत्ताको साइज युएस–१३ हो। पुरै एसिया, मंगोलिया र कोरियामा खोज्दा पनि यो साइजको जुत्ता भेटिदैन्। 

विश्वमा सबैभन्दा अग्लो खुट्टा मेसी कुरनको छ। उनी टेक्सस राज्यको अस्टिनमा बसोबास गर्छिन। उनको खुट्टाको लम्बाई ५३ इन्च छ। 

रेन्सेनखोरलू इन्स्टाग्राममा खुब एक्टभ छिन्। उनलाई गिनिज बुकमा नाम लेखाउने कुनै रहर छैन।
 

प्रकाशित मिति: : 2020-07-10 12:29:29

प्रतिकृया दिनुहोस्