पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

अविरल वर्षासँगै सडकमाथि बाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ-बुर्तिवाङ खण्ड गएरातिदेखि अवरुद्ध भएको छ।

जिल्लाको गलकोट नगरपालिका-११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग अवरुद्ध हुँदा आवतजावत ठप्प भएको गलकोट नगरपालिका-११ का वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए। पहिरोले करिब २५ मिटर सडक पुरेको छ।

सडक अवरुद्ध हुँदा बागलुङ जिल्लाको पश्चिम क्षेत्रसहित रुकुम तथा रोल्पा पुग्ने सवारी अलपत्र परेका छन्।

निरन्तरको वर्षातका कारण लोकमार्ग खुलाउन समस्या भएको गलकोट नगरपालिकाले जनाएको छ।

यस्तै अविरल वर्षसँगै आएको पहिरोले बागलुङका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन्।

प्रकाशित मिति: : 2020-07-10 12:47:02

प्रतिकृया दिनुहोस्